१० असार २०८३, बुधबार

स्थानीय तहको अधिकार खोस्दै नयाँ संशोधन

कात्तिक २०, २०७४
स्थानीय तहको अधिकार खोस्दै नयाँ संशोधन
काठमाडौं, २७ चैत-सरकारले नयाँ संविधान संशोधन विधेयक तयार पार्दै प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलको बैठकमा भएको सहमतिअनुसार सीमांकनलाई हटाएर स्थानीय सरकार प्रमुखको अधिकार कटौती गर्दै संशोधन विधेयक तयार पारेका हुन्, राजधानीमा खबर छ ।prachanda-pushpa-dahal_7591

नयाँ विधेयक तयार भइसकेका कारण आजै (आइतबार) बोलाइएको मन्त्रिपरिषद् बैठकबाट निर्णय लिई प्रक्रिया अघि बढाइने कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पनि संविधान संशोधनको नयाँ मस्यौदा तयार गरिसकेको खुलासा गरेका थिए । प्रधानमन्त्री दाहालले संशोधनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी कानुनमन्त्री नायकलाई नै दिएका थिए । मन्त्री नायकले तयार पारेको संशोधन प्रस्तावलाई प्रधानमन्त्री दाहालले अन्तिम रूप दिएका हुन् । आज (आइतबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट व्यवस्थापिका संसद्मा अहिले प्रक्रियामा रहेको संविधान संशोधन विधेयक फिर्ता लिने निर्णयसँगै नयाँ संशोधन विधेयक अनुमोदन गरेर दर्ता प्रक्रियामा अगाडि बढाउने सरकारको योजना छ ।
कानुनमन्त्री नायकका अनुसार सीमांकनको विषय संशोधनबाट हटाइएको छ भने संविधानको धारा २७४ परिमार्जन र स्थानीय तहका प्रमुख र उपप्रमुखले पाएको माथिल्लो हाउसको मताधिकार खोसिएको छ । स्थानीय सरकारको अधिकार कटौतीकै लागि यो प्रस्ताव गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्