१० असार २०८३, बुधबार

होटल व्यवसायी महासंघको महाधिवेशन पुस ४ र ५ गते सुर्खेतमा

मंसिर १४, २०७६
होटल व्यवसायी महासंघको महाधिवेशन पुस ४ र ५ गते सुर्खेतमा

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा होटल व्यवसायी महासंघको तेस्रो महाधिवेशन हुने भएको छ ।

शनिवार पत्रकार सम्मेलनको आयोजना गरी होटल व्यवसायी संघ सुर्खेतले देशैभरका १ हजार ५५० बढी व्यवसायीको सहभागिता महाधिवेशन हुने जानकारी दिएको हो ।

महाधिवेशन पुस महिनाको ४ र ५ गते आयोजना गरिएको छ । तेस्रो महाधिवेशनको उद्घाटन गर्न संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आउने तय भएको सुर्खेतका अध्यक्ष गोरखबहादुर रावतले बताए ।

झण्डै ९६ लाख २५ हजार रुपैयाँको लागत अनुमान गरिएको चुनाव महाधिवेशनले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने अध्यक्ष रावतले बताए । ‘कर्णाली प्रदेशमा आउने हरेक व्यवसायीलाई अग्र्यानिक खाना खुवाउने तथा सुर्खेत र दैलेखका पर्यटकीय क्षेत्रको भ्रमण गराउने योजना बनाएका छौं,’ उनले भने, ‘दैलेखको ज्वाला क्षेत्र, मुगुको रारा, डोल्पाको शेफोक्सुण्डो, सुर्खेतका काँक्रेबिहार, बुलबुले, सल्यानको कुभिण्डे दहमा लैजाने योजना बनाएका छौं ।’

उनले महाधिवेशनले कर्णालीमा पनि राम्रो होटल छन् भन्ने सन्देश देशव्यापी रुपमा जाने बताए ।

salt training

कमेन्ट गर्नुहोस्