१० असार २०८३, बुधबार

प्रेमीको हत्या, प्रेमिकाविरुद्ध ज्यान मुद्दा

कात्तिक २०, २०७४
प्रेमीको हत्या, प्रेमिकाविरुद्ध ज्यान मुद्दा
काठमाडौँ, २७ चैत - प्रेमीको हत्या आरोपमा प्रेमिकासहित तीनजनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । भक्तपुर कोलाछेका २७ वर्षीय रतन्सुन्दर छिङगुतलाको हत्या आरोपमा प्रेमिका रेणुका सुवालसहित तीनजना विरुद्ध प्रहरीले शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।

गत २९ फागुनमा छिङगुतलाको भक्तपुर दरबार स्क्वायरमा कुटपिटबाट हत्या भएको थियो । प्रहरीले भोलिपल्टै प्रेमिका सुवाललाई पक्राउ गरेको थियो । हत्यामा संलग्न भएको अभियोगमा अन्य दुई युवक मनोज कपाली र किशोर दुवालविरुद्धसमेत प्रहरीले मुद्दा दायर गरेको छ । तर, हत्याको कारण र प्रेमिकाको भूमिका भने खुलेको छैन, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्