
काठमाडौँ, २७ चैत - कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सरकारले दर्ता गर्ने संशोधन प्रस्ताव पारितका लागि सघाउन एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन् । तर, ओलीले भने निर्वाचनसँग जोडिएका कानुन पास गराउनेबाहेकका विषयमा एमालेको साथ नरहने स्पष्ट पारेका छन्, नयाँ पत्रिकामा खबर छ ।