१६ असार २०८३, मंगलबार

अमेरिकाद्वारा कोरियाली प्रायद्वीपमा जलसेना तैनाथ, उत्तरलाई हान्न तयार

कात्तिक २०, २०७४
अमेरिकाद्वारा कोरियाली प्रायद्वीपमा जलसेना तैनाथ, उत्तरलाई हान्न तयार

काठमाडौं, २७ चैत — अमेरिकाको सेनाले आफ्नो जलसेनालाई आक्रमणको अवस्थामा तयार रहेर कोरियाली प्रायद्वीपतर्फ अघि बढ्ने आदेश दिएको छ । उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमले चिन्ता बढाउँदै गएपछि अमेरिकाले यस्तो कदम चालेको हो ।


कार्ल भिन्सन आक्रमण समूहमा युद्धविमान र अन्य युद्धपोतहरू छन् ।

अमेरिकाको प्रशान्त कमान्डले आदेश दिएपछि आक्रमण समूह पश्चिमी प्रशान्त महासागरतर्फ बढिरहेको छ । उक्त क्षेत्रमा तनाव बढ्दै जाँदा त्यसलाई मत्थर पार्ने प्रयासस्वरूप यो कारवाही गरिएको अमेरिकाको भनाइ छ ।

उत्तर कोरियाको आणविक खतरालाई प्रतिकार गर्न अमेरिका एक्लै तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

‘उक्त क्षेत्रको एक नम्बरको खतरा उत्तर कोरिया नै हो किनकि यसले गैरजिम्मेवारीपूर्ण रूपमा क्षेप्यास्त्र परीक्षण गरिरहेको छ अनि आणविक हतियारको क्षमता बढाइरहेको छ,’ अमेरिकाको प्रशान्त कमान्डका प्रवक्ता डेभ बेनहामले बताए ।

कार्ल भिन्सनमा क्षेप्यास्त्र विध्वंसकहरू अनि ब्यालिस्टक क्षेप्यास्त्रलाई बीचैमा ध्वस्त पार्ने हतियार विद्यमान छन् ।
यसैबीच ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङका बीचको वार्तामा उत्तर कोरियामाथि लगाम लगाउने कुरा उठेको थियो ।

चीन चाहिँ उत्तर कोरियालाई एक्ल्याउन चाहँदैन किनकि उत्तर ध्वस्त भयो भने यसले शरणार्थी संकट निम्त्याउने अनि अमेरिकी सेना आफ्नो सीमामा आउने खतरा रहने आँकलन चीनले गरेको छ ।

बीबीसीबाट


salt training

कमेन्ट गर्नुहोस्