काठमाडौं, ५ पुस — उर्वशी रौतेलाले हृत्तिक रोशनको नयाँ फिल्म ‘काबिल’ मा सेक्सी आइटम नम्बर सारा जमाना हसीनों का दीवानामा नाचेर धेरैको ध्यान खिँच्न सफल भएकी छिन् ।

'बलिउड लाइफ'ले उनलाई बलिउडको सबैभन्दा कलात्मक डान्स गर्ने हिरोइन को हो भनेर हालै सोध्यो । उनलाई दीपिकम पादुकोण, कट्रिना कैफ, प्रियंका चोपडा, ज्याकलिन फर्नान्डेज र श्रद्धा कपूरबाट छान्न लगाइयो ।
रौतेलाले तत्कालै दीपिका पादुकोणको नाम लिइन् तर त्यसलाई सच्याउँदै प्रियंका गजबकी डान्सर भएको बताइन् । दीपकालाई दोस्रो र कट्रिनालाई तेस्रो नम्बरमा राखिन् उनले ।
नायकहरूमा भने उनले हृत्तिक रोशन सर्वोत्कृष्ट डान्सर हुन् भनिन् ।
बलिउड लाइफ