०६ साउन २०८३, बुधबार

एमजी जेडएस इलेक्ट्रिक गाडीमा ग्राहकको उत्साहजनक प्रतिक्रिया, नेपालमा पनि १५० थान बुकिङ

मंसिर १८, २०७६
एमजी जेडएस इलेक्ट्रिक गाडीमा ग्राहकको उत्साहजनक प्रतिक्रिया, नेपालमा पनि १५० थान बुकिङ

९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) एमजी जेडएस इलेक्ट्रिक गाडीको नेपालमा १ सय ५० थान बुकिङ भएको छ । 

कम्पनीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले गत जुलाईमा यसको प्रिबुकिङ खुलाएको थियो । नेपाली बजारमा यसको शुरूवाती मूल्य ४९ लाख ९९ हजार रहेको छ । 
वितरकका अनुसार, अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि १५० थान भन्दा बढि बुकिङ प्राप्त गरिसकेको छ । 

युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा यसको माग उच्च देखिएको छ । कम्पनीका अनुसार , एमजी जेडएस इभीका लागि युरोपबाट ३००० अर्डर प्राप्त गरेको छ । 
५०० थान एमजी जेडएस यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यात गरिने कम्पनीले जनाएको छ । 
यो गाडीले युके, नेदरल्याण्ड र नर्वेमा सार्वजनिक भएदेखिनै सकरात्मक प्रतिक्रिया प्राप्त गर्याे र ३ वटा देशबाट ३००० भन्दा बढि अर्डरहरु प्राप्त गरिसकेको छ ।  
एमजीले लन्डन, सिलिकन भ्याली, टेल अभिभमा रिसर्च एण्ड डेभलप्मेन्ट सेट गरेर थाइल्याण्ड, इन्डोनेशिया र भारतमा सवारी साधन निर्माण स्थापना गरेर ९३ वटा ओभरसि अर्टो पार्ट निर्माण गरेर विश्वभर पूर्ण अटो उद्योग संञ्जाल स्थापना गरेको छ । एमजीका उत्पादनहरु विश्वभरका ६० भन्दा बढि देशहरुमा बिक्री हुन्छ ।
यो नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्याग छ साथै प्रिमियम प्यानारोमिक सनरुफ र आरमदायीक इलेक्ट्रिकल समायोज्य सिटजस्ता विशेषताहरु रहेको छ । यसबाहेक यो गाडीमा ३ वटा ड्राइिभिङ मोडहरु रहेको छ जसमा चालकहरुले आफूलाई मनपर्ने ढंगबाट गाडी चलाउन सक्छन् ।

कमेन्ट गर्नुहोस्