एजेन्सी- पूर्व मिस युक्रेनले मिस वर्ल्ड ब्यूटी कम्पिटिसनको आयोजकमाथि गम्भीर आरोप लगाएकी छन् ।
पूर्व मिस युक्रेन वेरोनिका डिडुसेंकोले विवाहित भएका कारण आफूमाथि आयोजकले भेदभाव गरेको खुलासा गरेकी हुन् ।
उनले मिस युक्रेनको क्राउन खोसेर मिस वर्ल्ड प्रतियोगितामा भाग लिन रोकेको आरोप लगाइन् ।
२४ वर्षीया वेरोनिका उनी विवाहित हुन् । उनको पाँच वर्षीय बच्चा छ ।
वेरोनिकाले मिस वर्ल्ड अर्गनाइजेसनविरुद्ध केही नियमलाई लिएर आवाज उठाएकी छन् । यसबारे उनले सामाजिक सञ्जालमा लामो स्टाटससमेत पोस्ट गरेकी छन् । उनले लेखेकी छन्, 'सुन्दरी प्रतियोगिता गर्ने संस्थाले एउटा नियम सुधार्नुपर्छ जसले विवाहित महिलाहरूमाथि भेदभाव हुन्छ ।'
वेरोनिकाले सामाजिक सञ्जालमा आफ्नो छोरा र वकिलको फोटोसँगै अखबारमा छापिएका आफूबारे लेखिएका समाचारको तस्वीर पनि पोस्ट गरेकी छन् ।
उनले यस्ता प्रकारका भेदभावविरुद्ध कानूनी रूपमा आवाज उठाइरहने बताइन् ।