काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।
नेपाल कुल ६० पदकसहित पदक तालिकाको शीर्षस्थानमा रहेको छ । त्यस्तै भारत कुल ५४ पदकसहित तालिकाको दोस्रो स्थानमा छ ।
भुटान र बंगलादेशको कुल पदक समान ३/३ छ ।
१३ औं सागको अफिसियल वेभसाइट 13sagnepal.comका अनुसार नेपालले हालसम्म २७ स्वर्ण, १४ रजत र १९ कास्य पदक जितेको छ । त्यस्तै भारतले २३ स्वर्ण, १९ रजत र १२ कास्य पदक जितेको छ ।
तालिकाको तेस्रो स्थानमा रहेको पाकिस्तानले ८ स्वर्ण, १४ रजत र १३ कास्य पदक जितेको छ ।
चौथो स्थानमा रहेको श्रीलंकाले ७ स्वर्ण, १८ रजत र ३२ कास्य पदक जितेको छ ।
पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कास्य पदक जितेको छ ।
तालिकाको छैटौं स्थानमा रहेको माल्दिभ्सले १ स्वर्ण र २ कास्य पदक जितेको छ ।
अन्तिम स्थानमा रहेको भुटानले हालसम्म कुनै पनि स्वर्ण पदक जित्न सकेको छैन । भुटानले ३ कास्य पदक जितेको छ ।