०७ असार २०८३, आइतबार

‘ठूला मिडियाले जनताको पक्षमा समाचार सम्प्रेषण गर्न छाडे’

मंसिर १८, २०७६
‘ठूला मिडियाले जनताको पक्षमा समाचार सम्प्रेषण गर्न छाडे’
विराटनगरमा आयोजित ‘पत्रकार आचारसंहिता जागरण अभियान –२०७६ ’ प्रदेशस्तरीय दुईदिने कार्याशाला गोष्ठी। तस्वीरःमनोज दाहाल/रासस

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले पत्रकार आचारसंहितालाई राष्ट्रिय हित र दिगो शान्तिमा जोड्नुपर्ने बताएका छ ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ द्वारा यहाँ संयुक्तरूपमा आयोजित ‘पत्रकार आचासंहिता जागरण अभियान–२०७६’ प्रदेशस्तरीय दुईदिने गोष्ठीमा उनले आचारसंहितालाई व्यवहारमा उतारी सञ्चारकर्मीले गुणस्तरीय, समतामूलक र समावेशी हुनुपर्नेमा जोड दिएका हुन्।

प्रमुख अधिकारीले पत्रकारले दिगो औद्योगिकरण र नवीन खोजमा कलम चलाउन जोड दिँदै संविधानको सफल कार्यान्वयनको समाचार सम्प्रेषणबाट विश्व सञ्चार जगत्को ध्यानाकर्षण उल्लेख गरे। उनले पत्रकारले उचित र समयोजित आलोचना पद्धतिको विकास गर्नुपर्नेमा जोड दिँदै जिम्मेवारी, जवाफदेहिता र स्वाभिमानसाथ आगाडि बढ्न आग्रह गरे।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले पत्रकारले स्वनियम पालना गर्दै मर्यादित भएर सही र तथ्यका आधारमा नागरिकलाई समाचार पस्किनुपर्ने बताए। नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्योगीका विज्ञापनले ठूला मिडियाहाउसले जनताको पक्षमा समाचार सम्प्रेषण गर्न छाडेको आरोप लगाउँदै पत्रकारले गल्ती गरेमा कालोसूचीमा राखिने व्यवस्था आचारसंहितामा रहेको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ अध्यक्ष  विक्रम लुइँटेलले  आचारसंहिताबारे अन्य क्षेत्रमा समेत छलफलको कार्यक्रम अगाडि बढाउने बताउँदै आचारसंहिताप्रति प्रतिबद्धता जनाई व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिए।
    
पत्रकारलाई आचारसंहिता पालनप्रति जागरण गराउनु, प्रदेशमा कार्यरत पत्रकारको अवस्था र आचारसंहितमा भएका कमी–कमजोरी सुधारका लागि आवश्यक सुझाव सङ्कलन गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ । प्रदेश नं १ का १४ जिल्ला ४० सञ्चारकर्मीको जागरण अभियानमा सहभागिता रहेको छ । प्रदेश नं १ मा ११४ रेडियो, ११७ पत्रपत्रिका, पाँच टेलिभिजन, १५० अनलाइन र २ हजार सञ्चारकर्मी कार्यरत रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्