२५ जेठ २०८३, सोमबार

विप्लव समूहका युवा सचिव पक्राउ

मंसिर १९, २०७६
विप्लव समूहका युवा सचिव पक्राउ

नेत्रविक्रम चन्द  समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल  भनिने हल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए। 

प्रहरी उपरीक्षक नवराज भट्टले भने, 'पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।' सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्