
जिल्लाको बलरा नगरपालिकामा बिहीवार बिहान आगलागी हुँदा दुई लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको छ ।
बिजुली सर्ट भई आगलगी हुँदा बलरा–११ छतौना निवासी किशोर सिंहको घर जलेर नष्ट भएको हो ।
आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीय र प्रहरीले करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएपछि छेउछाउका घर जल्नबाट जोगिएको स्थानीयवासी पञ्कज सिंहले जानकारी दिए ।