३१ असार २०८३, बुधबार

प्रधानमन्त्री दिउँसो ३ बजे डिस्चार्ज हुने

मंसिर १९, २०७६
प्रधानमन्त्री दिउँसो ३ बजे डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार अपरान्ह ३ बजे अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली डिस्चार्ज हुने बताएका हुन् ।

एक ट्वीट गर्दै थापाले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३:०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको सुखद समाचार सबैका जानकारीका लागि अनुरोध गर्दछु ।'

एक साता अघि गत मंगलवार पेट दुखेपछि प्रधानमन्त्री ओली महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । 

डाक्टरहरूले गरेको परीक्षणमा उनको एपेन्डिक्समा संक्रमण भएको देखिएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि थप संक्रमणको जोखिम भएकाले उनलाई आइसीयुमै 'मेडिकल अब्जरभेसन'मा राखिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्