२१ जेठ २०८३, बिहीबार

मानसिक सन्तुलन ठीक नभएका छोराले खुकुरी हानेर गरे वृद्ध बाआमाको हत्या

मंसिर २०, २०७६
मानसिक सन्तुलन ठीक नभएका छोराले खुकुरी हानेर गरे वृद्ध बाआमाको हत्या
प्रतिकात्मक तस्वीर

रूपन्देहीको ओमसतिया गाउँपालिकामा एक छोराले आफ्नै वृद्ध बाआमाको हत्या गरेका छन् ।

ओमसतिया– ४ का गोरखबहादुर यादवले घरमै बसिरहेको अवस्थामा ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । 

हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख हेम थापाले लोकान्तरलाई जानकारी दिए ।

गम्भीर घाइते आमा थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको थापाले बताए ।

हत्या गर्ने गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्