
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला फूटबलमा नेपालले रजत पदकमा चित्त बुझाएको छ ।
पोखरामा सोमवार भएको फाइनल भिडन्तमा भारतसँग २–० ले पराजित भएपछि घरेलु टोली नेपालले रजत पदकमा चित्त बुझाएको हो ।
साग फूटबलमा नेपालले रजत पदकमा चित्त बुझाउनुपरेको यो तेस्रोपटक हो । भारत सधैँ नेपाली टोलीका लागि तगारो बन्ने गरेको छ ।
पराजयसँगै नेपाली टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
स्वर्ण जित्ने लक्ष्य राखेपनि असफल भएकाले नैतिकताक आधारमा राजीनामा दिने घोषणा उनले सञ्चारकर्मीमाझ गरेका हुन् ।