२५ जेठ २०८३, सोमबार

मजदूर किसान पार्टीले पठायो नरेन्द्र मोदीलाई विरोधपत्र

मंसिर २३, २०७६
मजदूर किसान पार्टीले पठायो नरेन्द्र मोदीलाई विरोधपत्र

नेपाल मजदूर किसान पार्टीले नेपाली भूमि अतिक्रमणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्र पठाएको छ ।

अतिक्रमित पश्चिमी सीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता गर्न माग गर्दै पार्टीले नेपालस्थित भारतीय राजदूतावासमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्र पठाएको हो ।

विरोधपत्र दूतावासका द्वितीय सचिव भारती नन्दनलाई हस्तान्तरण गरिएको सांसद प्रेम सुवालले बताए । दूतावासमा विरोधपत्र हस्तान्तरण गर्नुअघि पार्टीले रत्नपार्कबाट शुरू गरेको विरोध जुलुस जमल, नागपोखरी, उत्तरढोका हुँदै लैनचौर पुगेको थियो ।

सीमा अतिक्रमणविरुद्ध देशभर विरोध भइरहेको छ भने सरकारले कूटनीतिक पहल गर्न नसकेको आरोप लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्