२६ जेठ २०८३, मंगलबार
साग खेलकुद

भुटानलाई हराउँदै साग फूटबलमा नेपालले जित्यो स्वर्ण

मंसिर २४, २०७६
भुटानलाई हराउँदै साग फूटबलमा नेपालले जित्यो स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबल फाइनल खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलमा नेपालले भुटानलाई  २-१ गोल अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो ।

नेपालका लागि शुरूआती अग्रता पहिलो हाफको १६ औं मिनेटमा अभिषेक रिजालले दिलाएका थिए । तर ३२ औं मिनेटमा भुटानका चेञ्चो ग्याल्सेनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ एक-एकको बराबरीमा टुंगिएको खेलमा नेपाली टोली भुटानविरुद्ध पुन: हाबी भयो । खेलको ५२ औं मिनेटमा सुनिल बलले हेडमार्फत शानदार गोल गर्दै नेपाललाई २-१ को अवस्थामा ल्याए ।  

अन्तिमसम्म पनि भुटान खेलमा फर्कन प्रयास गरिरहे पनि सफल भएन र खेल नेपालले २-१ ले जित्यो ।

यससँगै नेपालले साग फूटबलमा स्वर्ण हात पारेको छ । सागमा रजत पदक पनि भुटानका लागि ऐतिहासिक हो ।

फूटबलमा नेपालले स्वर्ण जित्दा फ्यानहरूले 'ऐतिहासिक' मानेका छन् ।  

फूटबलमा स्वर्ण पदक जितेसँगै नेपालले ५१ वटा स्वर्ण पदक जितेको छ । 

salt training

कमेन्ट गर्नुहोस्