![मध्यराति प्याज चोरी, सीसीटीभीमा कैद भयो फूटेज [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/ashar%202074/kashyap/onion.jpg)
यदि अहिले तपाईंले एक किलो प्याज किन्ने हो भने २ सयदेखि २ सय ५० रुपैयाँसम्म खर्च गर्नुपर्छ । भारतमा पनि एक किलो प्याज किन्नका लागि उपभोक्ताले १५० भारु खर्च गर्नुपर्छ ।
प्याज महंगिएपछि मानिसहरूले प्याजको विकल्प खोज्न थालिसकेका छन् । यसैबीच मुम्बईमा प्याज चोरीको घटना बाहिर आएको छ । भारतीय सञ्चारमाध्यम खबर डट एनडीटीभीले मुम्बईमा लगभग २१ हजार भारु बराबरको प्याज चोरी भएको खबर लेखेको छ ।
मुम्बईको डोंगरी मार्केटबाट प्याज चोरी भएको हो । यो घटना सीसीटीभीमा कैद भएको छ । न्युज एजेन्सी एनीले आज अर्थात् डिसेम्बर ११ मा पोस्ट भएको छ ।
भिडियो हेर्नुहोस् :
#WATCH Maharashtra: Police have arrested two men for stealing onions worth Rs 21,160 from two shops on December 5 in Dongri area of Mumbai. (CCTV footage) pic.twitter.com/keNxjbkFQ5
— ANI (@ANI) December 11, 2019