१८ असार २०८३, बिहीबार

एमजी जेडएस इभी आधिकारिकरुपमा नेपालमा सार्वजनिक

मंसिर २६, २०७६
एमजी जेडएस इभी आधिकारिकरुपमा नेपालमा सार्वजनिक

नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुमबाट आफ्नो प्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिकरुपमा सार्वजनिक गरेको छ ।

कार्यक्रममा कम्पनीले हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको छ ।

एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढी बुकिङ भइसकेको छ ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । गाडी ४९ लाख ९९ हजार रुपैयाँ शुरूवाती मूल्यमा उपलब्ध छ । 

पारामाउन्ट मोटर्स प्रालिका जनरल म्यानेजर सचिन अर्यालले भने, ‘हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहने छ ।’

एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो, जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अस्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढी अर्डर प्राप्त गरिसकेको छ । विश्वभर एमजीका उत्पादनहरू ६० भन्दा बढी देशमा बिक्री हुँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्