१२ असार २०८३, शुक्रबार

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते गर्ने निर्णय

मंसिर २६, २०७६
राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते गर्ने निर्णय

सरकारले राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मितिबारे निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्वाचन माघ ९ गते गर्ने निर्णय भएको जानकारी दिए ।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि आगामी फागुनमा सकिने भएकाले माघमा निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले पदावधि सकिनुभन्दा १ महिना अगाडि नै राष्ट्रियसभा सदस्य निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्