२३ जेठ २०८३, शनिबार

ट्रम्पका ट्वीट चप्पलमा छापेर करोडपति बने यी व्यक्ति

मंसिर २६, २०७६
ट्रम्पका ट्वीट चप्पलमा छापेर करोडपति बने यी व्यक्ति

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना ट्वीटका कारण प्रायः विवादमा परिरहेका हुन्छन् । 

उनका तिनै विवादास्पद ट्वीटलाई कमाइको माध्यम बनाउने अनौठो तरिका एकजना व्यक्तिले खोजे । 

लस एन्जेलसमा बस्ने फोटोग्राफर र आर्टिस्ट स्याम मोरिसनले ट्रम्पका ट्वीटबाट एक महिनामा साढे तीन करोड रुपैयाँ कमाए । 

मोरिसनले सन् २०१७ मा ट्रम्पले गरेका सबै विवादित ट्वीटहरू निकाले र सादा चप्पलमा प्रिन्ट गरिदिए । मोरिसन त्यस्ता एक हजार जोडी चप्पल तयार पारेर आफ्नो वेबसाइट प्रेसिडेन्टफ्लिपफ्लप्स डट्कममा बेच्न राखे । 

अमेरिकीहरूले मोरिसनको यो आइडिया खुबै मन पराए । त्यसलाई ठूला न्युज एजेन्सीले पनि कभर गरे । अनि उनका सबै चप्पलहरू एक महिनाभित्रै बिके ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्