२६ जेठ २०८३, मंगलबार

भक्तपुरमा ब्रिजवाटर कप फुटबल, प्रथम पुरस्कार  एक लाख

मंसिर २८, २०७६
भक्तपुरमा ब्रिजवाटर कप फुटबल, प्रथम पुरस्कार  एक लाख

प्लस टु ‘ब्रिजवाटर कप फुटबल प्रतियोगिता–२०७६’ भक्तपुरमा हुने भएको छ। 

मध्यपुर युथ एशोसिएसनको खेल मैदानमा आइतबारदेखि शुरु हुने सो प्रतियोगितामा उपत्यकाका कक्षा १२ सम्म सञ्चालित ३२ विद्यालयको सहभागिता हुने ब्रिज वाटर इन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले  जानकारी दिए।

पुस १२ गतेसम्म नकआउटका आधारमा हुने प्रतियोगितामा विजेता विद्यालयलाई  एक लाख र उपविजेताले  ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। 

प्रत्येक खेलमा एक जनालाई म्यान अफ दी म्याचबाट पुरस्कृत गरिने उक्त प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ । 

प्रतियोगिता मध्यपुर युथ एशोसिएनसँगको सहकार्यमा हुन लागेको हो।
 

salt training

कमेन्ट गर्नुहोस्