२४ जेठ २०८३, आइतबार

गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

मंसिर २९, २०७६
गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने
सन्दर्भ तस्वीर

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ ।

विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ । विमान पार्किङ क्षेत्रमा मार्किङको काम तीव्र पारिएको छ । त्यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउनेदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको विमानस्थल सुदृढीकरण कार्यान्वयन आयोजना एकाइ रूपन्देहीका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । 

'टर्मिनल भवनमा अहिले फिनिसिङ र उपकरण जडानको काम भइरहेको छ । त्यस्तै धावनमार्गको सिभिल निर्माणतर्फको काम सबै सकेर अहिले लाइट जडानको काम अगाडि बढेको छ,' उनःले भने । समग्रमा विमानस्थलको भौतिक प्रगति करीब ८५ प्रतिशत रहेको उनले बताए ।

सबै उपकरण आइसकेको र जडानको काम मात्र बाँकी रहेकाले अब भौतिक प्रगति स्वतः बढ्ने आयोजनाले जनाएको छ । धावनमार्गका बत्ती तथा सञ्चार उपकरण पुसभित्र आइपुग्ने र त्यसको एकदेखि डेढ महिनाभित्र जडान पूरा हुने आयोजनाले जनाएको छ ।

बुद्ध पूर्णिमामा विमानस्थल सञ्चालनको लक्ष्यसहित काम अघि बढेको तथा अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम विभाग तथा सुरक्षा निकायका अधिकारीहरूसँग छलफल भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । 

सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको आईसीभी १ अन्तर्गतका भौतिक पूर्वाधारका सबै काम सक्नुपर्ने थियो । तर विभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बर सम्ममा निर्माणको काम सक्नुपर्ने म्याद दिइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्