१६ असार २०८३, मंगलबार

तारा गाउँ समितिको चेतावनीः सात दिनभित्र बक्यौता नबुझाए कानुनी कारबाही

मंसिर २९, २०७६
तारा गाउँ समितिको चेतावनीः सात दिनभित्र बक्यौता नबुझाए कानुनी कारबाही

तारा गाउँ विकास समितिले बक्यौता भाडा बुझाउन चार कम्पनीलाई सात दिने अल्टिमेटम दिएको छ । लामो समयदेखि भाडा नतिर्ने कम्पनीलाई पत्राचार गर्दै सात दिनभित्र बक्यौता नबुझाए कानुनी कारवाही गर्ने चेतावनी दिएको हो । 

समितिका अध्यक्ष प्रह्लाद न्यौपानेको निर्देशनपछि तारा गाउँ विकास समितिले सात दिने अल्टिमेटमसहित १९ मंसिर २०७६ मा पत्र काटेको थियो । समितिका भवनहरु लिजमा प्रयोग गर्दै आएका काठमाडौँको नयाँ सडकस्थित सुलक्स सेन्टर, अजन्ता इन्टरप्राइजेजलाई र पिकी इन्टरनेशनल, बालुवाटारका चाङ्गेस्थान सप्लायर्स प्रालि र चाङ्गेस्थान सप्लायर्स प्रालिलाई बक्यौता बुझाउन पत्र पठाइएको छ ।

अध्यक्ष न्यौपानेका अनुसार अजन्ता इन्टरप्राइजेजले समितिलाई रु आठ लाख ४८ हजार २९० बुझाउन बाँकी छ । यो कम्पनीले पटकपटक तागेता गर्दा पनि बक्यौता बुझाउन अटेर गर्दै आएको छ । यसैगरी नयाँ सडकको रामागृह भवनको रु ७८ लाख ५६ हजार, २५० चाङ्गेस्थान सप्लायर्स प्रालिले बुझाएको छैन। 

यसैगरी चाङ्गेस्थान सप्लायर्स प्रालिलाई नै सम्झौताअनुसार भाडा बुझाउन पत्र काटेको छ । तारा गाउँ विकास समिति र सप्लायर्सबीच गत ११ फागुन २०७४ मा भएको भाडासम्बन्धी करार सम्झौता भएको थियो । चाङ्गेस्थान सप्लायर्सले संरचना बनाएर व्यवसाय गरिरहेको भएपनि अहिलेसम्म भाडा भने बुझाएको छैन । कम्पनीले पहिलो र दोस्रो वर्ष ९निर्माण अवधि० लागि वार्षिक ९५ लाख पाँच हजार वार्षिक भाडा बुझाउने सम्झौता छ तर उसले आजसम्म बुझाएको छैन । 

पिकी इन्टरनेशनल कम्पनीले  १२ लाख ६७ हजार ४०० बक्यौता बुझाउन बाँकी छ । सुलक्स सेन्टरले  १४ लाख १३ हजार ५०० बुझाउन बाँकी छ । अध्यक्ष न्यौपानेले कुनै पनि बहानाबाजीमा राज्यलाई बुझाउनुपर्ने भाडा नबुझाए कानूनी कारवाही गरिने बताए।
 

salt training

कमेन्ट गर्नुहोस्