बागलुङको सिगानामा सुन्तला उत्सव हुने भएको छ।
सुन्तलालाई व्यावसायिक रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले पुस ४ देखि ९ गतेसम्म बागलुङ नगरपालिका–८ सिगानामा चौथोे सुन्तला उत्सवको आयोजना हुन लागेको हो।
सुन्तला उत्सव मूल आयोजक समितिका अध्यक्ष रामबहादुर खड्काका अनुसार बागलुङ जिल्लामै राम्रो सुन्तला उत्पादन हुनेमध्येको सिगानमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि सुन्तला उत्सव आयोजना गरिएको हो।