१५ असार २०८३, सोमबार

'नेपालको भूमि भारतले आफ्नो राजनीतिक नक्सामा राख्नु असह्य'

मंसिर ३०, २०७६
'नेपालको भूमि भारतले आफ्नो राजनीतिक नक्सामा राख्नु असह्य'

नेपालको भूमि भारतले आफ्नो राजनीतिक नक्सामा राख्नु सह्य नहुने नेकपाले बताएको छ ।

'भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपुलेक र सीमा नदी महाकालीको मुहान लिम्पियाधुरालाई समेत आफ्नो भू-भागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असह्य भएको तथ्य प्रकट भई नै सकेको छ,' प्रतिवेदनमा भनिएको छ ।'

प्रतिवेदनमा उल्लेख छ, 'पार्टी र सरकारले कूटनीतिक संवादमार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता पहल शुरू भइसकेको छ ।' यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।                                             

salt training

कमेन्ट गर्नुहोस्