काठमाडौं, २८ चैत - हास्य टेलिश्रंखला ‘डिट्ठा साब’ ले २ सय भाग पूरा गरेको छ । यसै अवसरमा टिमले सामाजिक कार्य गर्दै आएको 'धुर्मुस–सुन्तली फाउन्डेसन'लाई ५० हजार रुपैंया सहयोग समेत गरेको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले विज्ञप्तिमार्फत टिमलाई धन्यवाद दिएको छ । फाउन्डेसन केही दिनमा नै बस्ती हस्तान्तरण गर्ने तयारीमा छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठा साब’ पछिल्लो पुस्ताको चर्चित कमेडी श्रंखला हो । श्रंखलामा किशोर भण्डारी, रेश्मा निमल्सिना, यशोदा तिमल्सिना, करण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहँदै आएको छ ।