काठमाडाैं, २८ चैत-अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन कम्प्यूटर भाइरसको प्रयोग गरेको आरोपमा एक रुसी नागरिक पक्राउ परेका छन् ।

स्पेनबाट पक्राउ परका रुसी कम्प्यूटर वैज्ञानिककी पत्नीलाई प्रहरीले अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा कम्प्यूटर भाइरस सम्बन्धी अभियोगमा पक्राउ गरेको जनाएको थियो ।
प्रहरीको आइटी जाँच इकाइका अधिकारीले एक अन्तराष्ट्रिय उजुरी गरेसँगै उनलाइृ बार्सिलोनको एयरपोर्टबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका व्यक्तिकी पत्नी मारिया लेवाचोवाले टिभी च्यानल रशिया टुडेलाई बताए अनुसार उनको पतिलाई साइबर अपराधसँग जोडिएको अमेरिकी अधिकारीको अनुरोध पत्र दिइएको छ । च्यानले लेवाचोवाको भनाई उदृत गर्दै स्पेनी प्रूहरीले आरोपी व्यक्तिले बनाएका भाइरसको स्म्बन्ध अमेरिकी राष्ट्रपति ट्रम्पको जीतसँग सम्बन्धित छ ।
एएफपीद्वारा सम्पर्क गर्दा स्पेनको प्रहरीले रुसी वाणिज्इ दूतावासले गिरफ्तारीको कारण पुष्टि गरेको छ ।
अमेरिकी चुनावमा रुसले डोनाल्ड ट्रम्पलाई जिताएको अभियोग लगाएको छ ।