२५ जेठ २०८३, सोमबार

नेपाल बंगलादेश बैंकद्वारा ३ अर्ब बढीको हकप्रद सेयर निष्काशन

कात्तिक २०, २०७४
नेपाल बंगलादेश बैंकद्वारा ३ अर्ब बढीको हकप्रद सेयर निष्काशन

काठमाडौं, २९ चैत– नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्ना सेयर धनीका लागि ३ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको हकप्रद सेयर निष्काशन गरेको छ ।

बैंकले १० कित्ता साधारण सेयर बराबर ८ कित्ता नयाँ सेयरको अनुपातमा ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड २० लाख ९४ लाख ६८.८० कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रदका लागि चैत १६ गतेसम्म कायम सेयरधनीले आगामी वैशाख ७ देखि जेठ १० गतेसम्म आवेदन दिन सक्ने छन् ।

आगामी असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने लक्ष्यका साथ बैंकले हकप्रद निष्काशन गरेको हो । हाल बैंकको कुल चूक्ता पूँजी ४ अर्ब १ करोड १७ लाख ५८ हजार ६ सय रुपैयाँ छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार पुग्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्