काठमाडौं, २९ चैत– प्रवासी नेपाली कोर्डिनेशन कमिटी (पीएनसीसी) नाम गैर सरकारी संस्थाले प्रोग्राम असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको छ ।
उक्त पदमा आवेदन पेश गर्न चाहाने व्यक्तिका लागि प्रवणिता प्रमाणपत्र तह (प्लस टू) लेभलको शैक्षिक योग्यता तोकिएको छ । साथै सम्बन्धित कार्यमा न्यूनतम १ वर्षको अुनभव भएको व्यक्ति हुनुपर्ने संस्थाको माग छ ।

यस्तै जनमैत्री संस्था नेपाल नामक गैरसरकारी संस्थाले पनि प्रोजेक्ट कोर्डिनेटर पदरमा दरखास्त आह्वान गरेको छ । संस्थाले दरखास्त आह्वन गरेको पदका लागि सामाजशास्त्र विषयबाट स्नातकोत्तर तहको शैक्षिक योग्यता तोकिएको छ । साथै सम्बन्धित कार्यमा न्यूनतम ३ वर्षको अुनभव भएको व्यक्ति हुनुपर्ने संस्थाको माग छ ।
