०३ साउन २०८३, आइतबार

चिनियाँमाथि अनुसन्धान गर्न भाषा समस्या - प्रमाण मात्रै १० ट्रक, भात खान्छन् कपाकप !

पुस ८, २०७६
चिनियाँमाथि अनुसन्धान गर्न भाषा समस्या - प्रमाण मात्रै १० ट्रक, भात खान्छन् कपाकप !

सोमवार पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त महाराजगन्ज, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, महानगरीय प्रहरी वृत्त बालाजु १५ र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा रहेका चिनियाँ नागरिकहरूलाई जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरिएको महानगरीय प्रहरी परिसर प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।

काठमाडौं उपत्याका वृत्त र परिसरमा रहेका 'वान टन' ट्रकमा राखेर अदालतमा उपस्थित गराइएको थियो ।

भाषा अनुवादकको समस्या

१ सय २२ जना चिनियाँ नागरिकसँग सोधपुछ गर्न प्रहरीले विश्वभाषा क्याम्पसका १० जना भाषा अनुवादकलाई बोलाएर राति २ बजेसम्म सोधपुछ गरेको थियो ।

‘भाषा अनुवादक पर्याप्त मात्रामा नभएकाले हिजो राति २ बजेसम्म काम गर्नुपर्यो,' प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, 'बिहान उहाँहरू आउनुभएन रातिको अनिदोले गर्दा होला ।'

प्रहरीले सामान्य सोधपुछका लागि चाइनिज भाषा जानेकालाई आग्रह गरेको थियो । आधिकारिक रूपमा प्रमाणका लागि नेपाल सरकारले प्रमाणित गरेको विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाइएको एसएसपी सुवेदीले बताए ।

प्रमाण मात्र८/१० ट्रक 

पक्राउ परेका चाइनिजहरूबाट प्राप्त भएका प्रमाण मात्रै ८ देखि १० ट्रक हुने भएको छ । चिनियाँहरूले प्रयोग गरेको मोबाइल, ल्यापटप, चिनियाँहरू बस्ने ठाउँमा भएका सामानहरू जम्मा गर्न ८ देखि १० वटा ट्रक प्रयोग गर्नुपर्ने अवस्था गरहेको प्रहरी स्रोतको दाबी छ ।

‘उनीहरूले प्रयोग गरेका खाना पकाउने भाँडा, सुत्ने बिस्तारा, चुरोटका बट्टासमेत संकलन गर्न लागेका छौं,’ स्रोतले भन्यो ।

राख्ने ठाउँको अभाव

एकै पटक पक्राउ परेका चिनियाँहरूलाई राख्नको लागि स्थान अभाव भएपछि प्रहरीले विभिन्न वृत्त गुहार्नुपरेको छ । एकैपटक १ सय २२ जना चिनियाँ पक्राउ परेकाले उनीहरूलाई एकै ठाउँमा राख्न सम्भव नभएको प्रहरी स्रोतले बतायो ।

महानगरीय प्रहरी परिसरमा ४३ जना, महानगरीय प्रहरी वृत्त महाराजगन्जमा ३८ जना, महानगरीय प्रहरी वृत्त दरबारमार्गमा १४ जना, महानगरीय प्रहरी वृत्त बालाजु १५ र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा ११ जनालाई राखिएको छ ।

पक्राउ गर्न प्रहरीले अपनायो विदेशी शैली

नेपाल प्रहरीले चिनियाँ नागरिक समाउन अत्याधुनिक सामान र औजारको प्रयोग गरेको छ । विश्वस्तरका औजारहरू प्रयोग गरेर प्रहरीले एकैपटक त्यति धेरै संख्यामा चिनियाँहरूलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनीहरू भाग्न नपाउन भन्दै जाली (नेट), बेलुन, लगायतका अन्य धेरै सामानहरू प्रयोग गरिएको थियो ।

एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘मलेशीयामा जस्तो नेटजाली, बेलुन जस्ता सामानहरूको प्रयोग गरेका थियौं, ‘उनीहरूसँग हातहतियारहरू छन् कि भन्ने शंका पनि थियो । हाम फालेर आत्महत्या पनि गर्न सक्छन् भनेर हामीले सावधानी अपधानएका थियौं ।'

भात खान्छन् चिनियाँ आरोपीहरू

महानगरका ४ वटा वृत्त र प्रहरी परिसरमा रहेका चिनियाँ नागरिकहरूलाई खानामा समस्या नरहेको एसएसपी सुवेदीले बताए ।

‘खानामा समस्या छैन,' उनले भने, 'उनीहरूले कपाकप भात खाने रहेछन् ।'

salt training

कमेन्ट गर्नुहोस्