×

NMB BANK
NIC ASIA

चुनावी स्टन्टः गाउँमा संस्थाले बाँडेको राहतको श्रेय लिन दलहरूको हानथाप !

कात्तिक २०, २०७४

NTC
Premier Steels

सिन्धुपाल्चोक, २९ चैत—
चैतको घाममा बाहिरबाट टलक्क टल्किएका जस्तापाताले छाएका घरभित्र गर्मी सुरु भइसकेको छ । गाउँमा स–साना एकतले छाप्रा । गाउँमा एकाध मान्छेले मात्र घर बनाउने आँट बटुल्न खोजेका छन् । भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि सरकारी राहत भने भीरमा फलेका फर्सीजस्तै भएको छ यहाँका बासिन्दालाई ।

परिवेशः सिन्धुपाल्चोक सदरमुकाम चौताराको छेउमै रहेको बागबजारको हो । चौतारादेखि नजिकै रहेको यो गाउँलाई सदरमुकामले ओझेलमा पारेको छ । टाढाका गाउँलेले विभिन्न संस्थाबाट सहयोग रकम पनि पाएका छन् । तर यो गाउँका जनताले भने कुनै पनि संस्थाको सहयोग नपाएको गुनासो गर्छन् ।

‘भूकम्प आयो, धनीलाई झन धनी र गरीबलाई झन गरीब बनाएर गयो ।’ सदरमुकाम चौतारामा होटल चलाएर बसेकी जानकी श्रेष्ठ दुखेसो पोख्छिन्, ‘भूकम्प जाँदा एक महिना अरुकै कुखरा पाल्ने छाप्रोमा बसेका थियौं, अहिले आफ्नै छाप्रो बनाएका छौं ।’

उनकी सानी छोरी टिनले बारेर बनाइएको सानो होटलमा आमाको कामका लागि सहयोग गर्छिन् । फुर्सतमा पढ्छिन् । ‘माटोको घर थियो, भुइँचालोले भत्कायो, जग्गा बाटोले खाइदियो, केही गर्न सकिन्छ कि भनेर होटल चलाउन थालेका छौं ।’, श्रेष्ठ सुनाउँछिन् ।

नक्कली भूकम्पपीडितको कारणले सक्कली भूकम्पपीडितलाई अझै बढी समस्या परेको भूकम्पपीडित बताउँछन् । बोल्नेहरुले राहत पाएपनि लाटासोझाले त संस्थाका राहत पनि नपाएको गुनासो उनीहरुको छ ।

बागबजारका स्थानीयहरु आफूले सरकारबाट ‘टेन्ट’ समेत नपाएको गुनासो गरेका छन् । संस्थाहरु पनि टाढाटाढाका गाउँलाई मात्र प्राथमिकतामा राख्न खोजेको उनीहरुको गुनासो छ । गाउँमा चुनावी चहलपहल भने बढ्दै गएको छ । विभिन्न संघसंस्थाले बनाइदिएका योजनालाई पनि हाम्रो पार्टीको पहलमा बनाइदिएको भनेर प्रचार गर्न थालेको स्थानीय बताउँछन् । ‘राहात पनि हामीले बाढेको हो, जस्ता पनि हामीले बाँढेको हो भन्दै दलका कार्यकर्ता आउन थालेका छन’ एक स्थानीयले भने ।

भूकम्पलगत्तै पानीको मूहान सुक्न थालेपछि बागबजारबासीले आधा घण्टासम्म हिँडेर पानी बोक्न परेको स्थानीयको गुनासो छ । ‘हामीसँग त घर बनाउन पैसा नै छैन, दशैंताका दिएको पैसा पनि जस्ता किन्दा र दशैं मनाउँदा सकियो,’ पचास कटिसकेका स्थानीयबासी रणबहादुर लामा भन्छन्, ‘सरकारले दिएको पैसा त्यति हो, तर सरकारले दिएको ढाँचाअनुसार घर बनाउने हो भने जग बसाल्नमात्रै तीनचार लाख लाग्छ रे !’

भूकम्पपीडितलाई घर बनाउने सरकारी निर्णयले पनि अप्ठेरोमा पारेको छ । पहिलो किस्तामा दिएको ५० हजारले जग खन्न पनि नसक्ने स्थिति भएकाले गाउँलेले नयाँ घर बनाउन आँट गर्न सकेका छ्रैनन् । सरकारले दिने भनेको राहतले घर बनाउन नपुग्ने कारणले पनि उनीहरुले घर बनाउन आँट गर्न सकेका छैनन् । ‘पानी पर्दा र हुरी चल्दा त टहरो नै उडाउँछ कि भन्ने डर हुन्छ,’ लामाले लोकान्तरसँग पीडा सुनाए, ‘हामीलाई त घर बनाउन सकिन्छ जस्तो लाग्दैन । खाँबो गाड्ने, खेती किसानी गर्ने, बाख्रा पाल्ने, बस्ने त गर्नेहोला ।’

सदरमुकामले छोएको गाउँ भएर संस्थाका राहतबाट समेत वञ्चित भएका स्थानीयबासीले आफ्नो जिन्दगीको लयलाई भने बिस्तारै समात्न थालिसकेका छन् । पानीको अभावले खेतीमा समेत समस्या हुने गाउँका धेरैजसो युवा कमाउनका लागि विदेशिएको स्थानीय बताउँछन् । धेरैसँग घरको जग खन्न समेत पैसा नभएको गुनासो छ । उनीहरुसँग घरको सपना त छ । तर न पैसा छ, न पैसा आर्जन गर्ने कुनै पूर्वाधार नै छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x