१४ असार २०८३, आइतबार

कर्मचारीलाई पुल दरबन्दीमा राखेर पदपूर्ति गर्न नपाइने

कर्मचारीलाई पुल दरबन्दीमा राखेर पदपूर्ति गर्न नपाइने

निजामती कर्मचारीलाई पुल दरबन्दीमा राखेर पदपूर्ति गर्न नपाइने भएको छ। कर्मचारीलाई पुल वा अन्य कुनै पनि किसिमले अन्य कुनै पदमा खटाइएको वा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानिने छैन।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा मंगलबार उक्त सहमति जुटाएको हो । 
 
समितिका अनुसार स्थायी पदमा बहाल रहेको कर्मचारीलाई पुल दरबन्दी वा अन्य कुनै पनि किसिमले कुनै स्थानमा पदाधिकार राखी कुनै निकायमा खटाइएको वा कूटनीतिक नियोग वा अन्य कुनै पदमा नियुक्त गरिएको कारणले मात्र त्यस्तो दरबन्दी रिक्त मानी कुनै पनि व्यहोराले पदपूर्ति गर्न पाइने छैन। समिति सभापति शशी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा सांसदहरुले निजामती सेवामा विशिष्टिकृत विज्ञताका लागि क्लष्टर यथावत राख्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा अधिकांश सांसदहरुले कल्याणकारी राज्यको अवधारणाअनुसार निजामती सेवाका कार्यालय सहयोगी, चालकलगायतका श्रेणीविहीन पदमा पनि स्थायी नियुक्ती गर्नुपर्ने सुझाव दिएका थिए। केही सांसदहरुले भने तल्लो तहमा करारमा सेवा लिने भए माथिल्ला अधिकृत तहमा पनि केही प्रतिशत करार कर्मचारी राख्नुपर्ने सुझाव दिए।
 

salt training

कमेन्ट गर्नुहोस्