
संसारमा अनौँठा ठाउँ छन्, जसले हामीलाई अचम्म तुल्याउँछ। बस्न त कुरै छाडौँ मान्छेलाई त्यहाँ पुग्न नै मुस्किल हुन्छ। तर, मान्छे यस्तो ठाउँमा पनि पुगेका छन्, घर बनाएका छन् जुन तपाईँको कल्पना बाहिर पनि हुन सक्छ।
यहाँ तस्वीरमा समुद्रको जुन ठाउँमा घर बनाइएको छ। त्यहाँ कुनै पनि देशको अधिकार छैन। केही मान्छेले यो क्षेत्रलाई विश्वको सबैभन्दा सानो राज्य भनेका छन्।
सिल्यान्डमा बनेको यो सीफोर्ट ग्रेट ब्रिटेन आइल्यान्डबाट १३ किलोमिटर टाढा पर्छ। पहिले सिल्यान्डको आफ्नो पासपोर्ट र मुद्रा थियो।
टर्कीको प्राचीन अनाटोलिया प्रान्तमा रहेको सुन्दर स्थानमा बसेको बस्तीलाई पूरानोमध्येको एउटा मानिन्छ। ईसा पूर्वको रेकर्ड अनुसार यहाँ पारसी साम्राज्यको सबैभन्दा पूरानो प्रान्त थियो। यो ठाउँ जगह यूनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छ।