
मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गाउँपालिका, कार्यपालिकाको बैठकले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ (ख्रीष्टमस) को अवसरमा विदाको निर्णय भएको विज्ञप्तिमार्फत् जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक इशाई धर्मावलम्बीहरुको बसोबास रहेको यस गाउँपालिकामा पुस ९ गते सार्वजनिक विदा दिने निर्णयानुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरु विदा रहने व्यहोरा जानकारी गराइन्छ।’
