२५ जेठ २०८३, सोमबार

स्थानीय चुनावमा सेनाको प्रयोग ‘नुहने’

कात्तिक २०, २०७४
स्थानीय चुनावमा सेनाको प्रयोग ‘नुहने’

विराटनगर, २९ चैत– ‘सेना परिचालन गरेर स्थानीय चुनाव गर्न लागिएको’ भनेर आलोचना भइरहँदा निर्वाचन आयोगका एक जना आयुक्तले स्थानीय चुनावमा सेनाको प्रयोग नहुने बताएका छन् ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचनमा सेनाको प्रयोग नहुने बताएका हुन् । सेनालाई ‘ब्याक फोर्स’का रुपमा मात्र रहने उनको भनाइ थियो ।

मंगलबार बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको पनि जानकारी दिए ।

उनले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए । राजनीतिक रुपमा देखिएका केही समस्या समाधान हुने उनको विश्वास थियो ।

पूर्वी तराईका जिल्लामा पुगेका निर्वाचन आयुक्त दाहालले प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने दिए ।

salt training

कमेन्ट गर्नुहोस्