०३ साउन २०८३, आइतबार

यो हो संसारकै सबैभन्दा महंगो जेल, एउटै कैदीमाथि करोडौं खर्च

पुस ९, २०७६
यो हो संसारकै सबैभन्दा महंगो जेल, एउटै कैदीमाथि करोडौं खर्च

सुरक्षा संवेदनशीलताको हिसाबले जेललाई अति संवेदनशील स्थान मानिन्छ ।

जेलमा सुरक्षा, कैदीका लागि खानपानलगायतका व्यवस्था हुन्छ । संसारमा यस्तो पनि जेल छ त्यहाँ एकै कदीका लागि मात्रै यति धेरै करोड खर्च गरिन्छ । यो जेल क्यूबामा रहेको छ । जुन संसारकै सबैभन्दा महँगो जेलको रूपमा परिचित छ । 

उक्त जेलको नाम ग्वांतानमो बे रहेको छ । यस चर्चित जेल ग्वांतानमो खाडीको तटमा रहेको छ । न्यूयोर्क टाइम्सका अनुसार, यस जेलमा अहिले ४० कैदी रहेका छन् । यहाँ हरेक कैदीका लागि प्रतिवर्ष ९३ करोड खर्च हुने बताइएको छ । 
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यहाँ एक कैदीका लागि ४५ सैनिक खटाइएको छ भने जम्मा १८ सय कैदी खटाइएको बताइएको छ ।  

यस्तै, जेलमा ३ अस्पताल रहेको छ भने २ खुफिया मुख्यालय रहेको बताइएको छ । यसबाहेक वकिलको लागि छुट्टाछुट्टै कम्पाउन्डको व्यवस्ठा गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्