०३ साउन २०८३, आइतबार

अब कानुन र सहरी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीलाई

अब कानुन र सहरी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीलाई

समाजवादी फोरमले सरकार छाडेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले थप दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रम ओलीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन्।


कानुन मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले मंगलबार राजीनामा दिएका थिए। उक्त दलले सरकारलाई दिएको समर्थन पनि बुधबार फिर्ता लिइसकेको छ।

संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम यादव र राईले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा उनीहरुले सम्हाल्दै आएको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्