सूर्यमा अहिले ग्रहण लागिरहेको छ । बिहान ८ बजेर ४३ मिनेटमा शुरू भएको ग्रहण मध्य अवस्थामा पुग्दैछ ।
सूर्यलाई विभिन्न भागबाट अलग–अलग आकृतिमा देखिएको छ । भारतका कतिपय भू–भाबाट सूर्यको अधिकांश भू–भाग छोपिएको देखिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भारतीय आकाशबाट देखिएको सूर्य ग्रहणको तस्वीर :
भारतको मुम्बइबाट भने सूर्य ग्रहण यस्तो देखिएको छ :

नेपालबाट भने सूर्यको ३९ प्रतिशत भू–भाग मात्र छोपिएको देखिने बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरी एन्ड साइन्स म्यूजिएम विकास बोर्डले जनाएको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार काठमाडौंमा ग्रहण ८ बजेर ४३ मिनेट जाँदा शुरू भएर ११ बजेर ३३ मिनेटमा अन्त्य हुनेछ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ ।
सूर्यग्रहण केवल चन्द्रमाको ‘न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।