
भन्सार छलेर ल्याइएको ५२ लाख बराबरको सामानसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको टंगालस्थित हरिबहादुर श्रेष्ठको घरबाट निकेश शाक्य र रेश्मा श्रेष्ठलाई पक्राउ गरिएको हो ।
उक्त घरमा तलासी गर्दा भन्सार छलेर ल्याइएका मोइबाल, ल्यापटप, आइप्याड, घडी, एयरफोन, माउसलगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ३ थान चेक समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
हेर्नुहोस्, बरामद सामान :
