काठमाडौं २९ चैत्र– सरकारले संसदमा विचाराधीन अवस्थामा रहेको संविधान संशोधन विधेयक २०७३ फिर्ता लिएको छ । व्यबस्थापिका संसदको मंगलवार बसेको बैठकमा सरकारका तर्फवाट न्याय, कानून तथा संसदीय व्यबस्था मन्त्री अजय शंकर नायकले विधेयक फिर्ता लिने प्रस्ताव पेश गरेका हुन् ।
आन्दोलनरत दलहरुलाई समेत न्युनतम समझदारीमा ल्याइ निकाश दिनका लागि संशोधन विधेयक फिर्ता लिनु परेको मन्त्री नायकले बताए । उनले सबै दललाई दलीय अडानवाट एक स्टेप पछि हटेर निकाश खोज्न आग्रह गरे । सरकारले गएको मंसिर १४ गते संसद सचिवालयमा संशोधन विधेयक दर्ता गरेको थियो ।
प्रतिपक्षी नेकपा एमाले लगायतका विपक्षी दलको बिरोधका बावजुद सरकारले संशोधन विधेयक सदनमा टेबल गरेको थियो ।
यस्तै सरकारले अब सीमांकन परिमार्जन बाहेक अधिकांश पुरानै विधेयकका विषय समेटेर नयाँ संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको छ ।