०५ असार २०८३, शुक्रबार

प्रहरीलाई घूस दिन खोज्दा...

प्रहरीलाई घूस दिन खोज्दा...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घूस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २  छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ । 

वीरगन्जबाट हेटौडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई रु २८ हजार घूस दिन खोजेको आरोप लागेको छ । 

खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घूस दिन खाजेको आयोगले आज जनाएको छ ।

आयोगले घूस रकम सहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्