०५ असार २०८३, शुक्रबार

रिब्राण्डिङपछि नेपालमा सलमान खानको 'बिइङ ह्युमन' क्लोथिङ स्टोर सुचारू

रिब्राण्डिङपछि नेपालमा सलमान खानको 'बिइङ ह्युमन' क्लोथिङ स्टोर सुचारू

बिइङ ह्युमन क्लोथिङको 'रिब्राण्डिङ’ गरिएको छ । नेपालका लागि बिइङ ह्युमन क्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इंक प्रालिले शुक्रबार दरबारमार्गको स्टोरमा संस्थापक सलमान खानको जन्मदिन मनाएर 'रिब्राण्डिङ' गरेको हो । 

विभिन्न देशमा रहेका बिइङ ह्युमन क्लोथिङको ‘शो–रुम’हरुमा सलमानखानको ५४ औं जन्मोत्सव भव्यताका साथ मनाईकोमा नेपालमा पनि खानको जन्म दिन मनाइएको हो । बिइङ ह्युमन क्लोथिङको नेपालको एकमात्र आधिकारीक बिक्रेता वस्त्र इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले २० पाउण्डको केक काटेर ’रिब्राण्डिङ’ गरेको बताए । 

‘सलमान खान फिल्ममात्र होईन, वास्तविक जिवनमा पनि हिरो बन्न सफल हुनुभएको छ,’ बख्रेलले भने, ‘बलिउड सुपर स्टार भन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिइङ ह्युमन फाउण्डेसनका संस्थापकको रुपमा जन्मदिन मनाएका हौँ।’

बख्रेलले बिइङ ह्युमन क्लोथिङ नेपालले पनि आगामी दिनमा विभिन्न किसिमका च्यारिटीको आयोजना गर्ने बताए । उनले भने, ‘अब हामी बिइङ ह्युमनको शो–रुममै पनि शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिनेछौँ ।’

केही समय आन्तरिक समस्याका कारण बन्द रहेको बिइङ ह्युमन नेपालको शो–रुम औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ । ‘विभिन्न आरोह–अवरोहबीच आज हामी यहाँसम्म आईपुगेका छौँ,’ वस्त्र इंकका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘नयाँ व्यवस्थापन र नयाँ उर्जाका साथ फर्किएका छौँ।’

‘सलमान खानका समर्थकहरुलाई एक साथ उनको फिल्म हेर्न हलसम्म लग्यौं,’ अर्का सञ्चालक सुरज केसीले भने, ‘यस अवसरमा हामीलाई साथ दिनुहुने सबैप्रति आभारी छौ ।’

जन्मदिनको अवसरमा वस्त्र इंकले आफ्ना ग्राहकहरुलाई प्रत्येक १५ हजारको खरिदमा विशेष छुट दिएको थियो भने यही अवसरमा सलमान खानको फिल्म दबगं–३ देखाउन पनि लगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्