०५ असार २०८३, शुक्रबार

सेवाग्राही अँध्यारोमा - बिजुली छ, कर्मचारी छैनन्

सेवाग्राही अँध्यारोमा - बिजुली छ, कर्मचारी छैनन्

साठी हजार विद्युत् सेवा लिने ग्राहक रहेको विद्युत् वितरण केन्द्र हेटौँडा शाखामा कर्मचारी अभावले सर्वसाधारणलाई सेवा दिन समस्या भएको छ ।

कार्यालयबाट प्राप्त विवरण अनुसार कर्मचारी र प्रविधिकसहित १४५ दरबन्दी रहेकोमा हाल १०५ कर्मचारी कार्यरत छन् ।

मासिक रु १७ करोड विद्युत् महसुल उठ्ने सो कार्यालयबाट प्राविधिक र अन्य सेवा दिन कर्मचारी अभाव भएको कार्यालय प्रमुख योगेन्द्र ठाकुरले बताए ।

कर्मचारी अभावका कारण विद्युत् मिटर वितरण, तार र पोल जडान, मर्मत सम्भार तथा ग्रामीण विद्युतीकरणलगायतको समस्या रहेको बताइएको छ ।

खासगरी मकवानपुरको उत्तरी क्षेत्रमा पोल तथा तार जल्दा वा टान्सफर्मर बिग्रदा समस्या आउने गरेको गढीका राममोहन अधिकारीले भने ।

इ विलिङमार्फत विद्युत् राजश्व लिने र महशुल काउन्टरको सङ्ख्या बढाइएकाले सेवाग्राहीलाई समस्या नभएको ठाकुरको भनाइ थियो । चुस्त दुरुस्त सेवा दिन आफू आएदेखि लागिपरिरहेको तर कर्मचारी अभावले काम गर्न केही असहज भएको उनको गुनासो छ ।

salt training

कमेन्ट गर्नुहोस्