११ असार २०८३, बिहीबार

सप्लिमेन्टमा कृषि मन्त्रालय र विभागको फरकफरक पत्र? सत्य पत्ता लगाउन निर्देशन

सप्लिमेन्टमा कृषि मन्त्रालय र विभागको फरकफरक पत्र? सत्य पत्ता लगाउन निर्देशन

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषि मन्त्रालय र पशु सेवा विभागले औषधि तथा ‘फिड सप्लिमेन्ट’ का विषयमा फरक–फरक निर्देशन जारी गरेकाले स्पष्ट पार्न निर्देशन दिएको छ ।
 
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले मन्त्रालयले २०७१ असार १८ गते र विभागले २०७५ चैत २० गते जारी गरेको पत्र एक अर्कामा बाझिएकाले कुन सही हो भन्ने छानबिन गरी वास्तविकता पेश गर्न निर्देशन दिएको सभापति रामनारायण विडारीले बताए।

पत्रमा पशु स्वास्थ्यका लागि विदेशबाट आयात गरिने ‘फिड सप्लिमेन्ट’ का विषयमा फरक–फरक विषय उल्लेख गरिएकाले स्पष्ट नपारे भ्रम उत्पन्न हुने सांसद राधेश्याम अधिकारी, विन्दादेवी आले (राना(, सुमनराज प्याकुरेलले माग गरेका थिए।

बैठकमा मन्त्रालयका सचिव प्रकाश माथेमा, पशुसेवा विभागका महानिर्देशक वंशी शर्मा र उपमहानिर्देशक सम्झनाकुमारी काफ्लेले दुवैतिरबाट जारी पत्रका विषयमा केही दिनमै वास्तविकता पत्ता लगाई समितिमा पेश गरिने प्रतिबद्धता जनाएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्