
प्रेमीसँग ब्रेकअप भएपछि एक चिनियाँ युवतीले शरीरका लगभग सबै अंगमा प्लास्टिक सर्जरी गरेर सुन्दर देखिने प्रयास गरेकी छिन् ।
अझ ठूलो अचम्म त के छ भने ली ही नामकी उक्त युवती जम्मा १५ वर्षकी मात्र छिन् ।
प्रेमीले सुन्दर नभएको भन्दै ब्रेकअप दिएपछि ली हीले सुन्दर र सेक्सी देखिन प्लास्टिक सर्जरीको सहायता लिएकी थिइन् । उनले आँखा, ओठ, गाला, नाक, छाति र शरीरको अन्य भागमा प्लास्टिक सर्जरी गरेकी छिन् ।
आफ्नो पूर्वप्रेमीलाई पाउन आफू यो हदसम्म पुगेको उनले स्थायीय सञ्चारमाध्यमहरूलाई बताएकी छिन् ।