०५ असार २०८३, शुक्रबार

आफ्नै शरीरमा आगो लगाएपछि...

कात्तिक २०, २०७४
आफ्नै शरीरमा आगो लगाएपछि...


लहान, ५ पुस - सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याई आज आगो लगाएकी छन् ।firing women

सासूसँग विवाद भएको निहुँमा लहान –४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पु-याएका थिए ।

गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ । आगो निभाउने क्रममा सरोजको हातमा समेत पोलेकालेसोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्