१४ असार २०८३, आइतबार

किन भयो यत्ति जाडो ? मौसमविद् नै चकित !

किन भयो यत्ति जाडो ? मौसमविद् नै चकित !

अहिले भारतको उत्तरी क्षेत्रमा भयंकर जाडो भएपछि मौसमविद्हरू नै छक्क परेका छन् । 

सोमवार राजधानी दिल्लीका अधिकतम तापक्रम ९.४ डिग्री सेल्सियस रह्यो । दिउँसै तापक्रममा यस्तो घटोत्तरी देखेर मौसमविद्हरू छक्क परेका छन् । 

आइतवार जारी पूर्वानुमानमा सोमवारको दिन तापक्रम हलुका वृद्धि हुने अपेक्षा थियो । हावाको गति परिवर्तन हेरेर वैज्ञानिकहरूले तापक्रममा वृद्धिको अनुमान गरेको भए पनि सोमवार स्थिति परिवर्तन भएर तापक्रम घट्यो । 

सोमवार दिनभरि दिल्लीमा कुहिरो लागेकाले पनि तापक्रम निकै घट्यो । 

मौसमविद्हरू अधिकतम तापक्रम घटेकोमा अनि शहरमा दिनभरि घना कुहिरो लागेकाले छक्क परे । मौसम विभागका एक अधिकारीले बताए, ‘दिनभरि कुहिरो छाउँदा हामी छक्क पर्‍यौं । पूर्वानुमानमा हामीले बिहानको बेलामा कुहिरोको अपेक्षा गरेका थियौं तर दिनभरि घना कुहिरो लाग्दा हामी आश्चर्यमा छौं । घना कुहिरोका कारण तापक्रम थप घटेको हो ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्