१२ असार २०८३, शुक्रबार

खुमबहादुरलगायतका नेता जीवनभर दलको साधारण सदस्यसमेत नरहने

कात्तिक २०, २०७४
खुमबहादुरलगायतका नेता जीवनभर दलको साधारण सदस्यसमेत नरहने
काठमाडौँ, ३० चैत - कांग्रेसको उपसभापति दाबी गरिरहेका खुमबहादुर खड्का पार्टीको साधारण सदस्यसमेत नरहने कानुन संसद्बाट पारित भएको छ भने राष्ट्रपतिबाट पनि प्रमाणित भैसकेको खबर नयाँ पत्रिकाले छापेको छ |khum-bahadur-khadka

भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको थियो ।
दफावार छलफलका लागि संसद्ले गत मंसिरमा राज्य व्यवस्था समितिमा विधेयक पठाएको थियो । कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले चार महिना छलफल गरेर तयार पारेको विधेयक ९ चैतमा संसद्बाट पारित भएको थियो । मस्यौदामा ६ वर्षका लागि मात्र दलको सदस्यता नरहने व्यवस्था भए पनि संसद्बाट पारित हुँदा आजीवन प्रतिबन्ध लगाउने व्यवस्था पारित भएको छ । सो विधेयक सोमबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपालको कानुन बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्