१७ असार २०८३, बुधबार

काठमाडौं मेरिएट होटलको साथमा नयाँ वर्ष २०२०

काठमाडौं मेरिएट होटलको साथमा नयाँ वर्ष २०२०

राजधानी काठमाडौंमा अवस्थित मरिएट होटलले नयाँ शताब्दीमा प्रवेश हुनु अगाडि पहिलो पटक न्यू इयर इभ मनाउन गइरहेको छ । 

विशेष अवसरमा शहरका नियमित अतिथि अथवा नवआगन्तुक वा पर्यटक सम्पूर्णका लागि होटलमा केही विशेष रहेको छ ।

मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फर्मेन्स, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथ नृत्य र डाइनिङको रमणीय साँझ बल रुममा आयोजना गरिएको छ ।

अतिथिले आकर्षक प्याकेजहरू छनौट गर्न सक्नेछन्, जसमा विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज पनि समावेश रहेको छ ।

अझ आरामदायिक साझँ खोज्ने व्यक्तिहरूले होटलको मल्टी क्वीजीन रेस्टुरेन्ट ‘ठमेल किचेनमा’ न्यू इयर इभ गाला डिनरमा सम्मिलित हुन सक्नेछन् र अनलिमिटेड बफेका साथ रातलाई उत्तम तिरकाले मनाउन सक्नेछन् । त्यसबाहेक आधुनिक एसियन रेस्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिने छ । जहाँ सेफ स्पेसल मेन्यूबाट ६ आधुनिक एसियन कोर्सहरू हुनेछ । यो रेस्टुरेन्टमा एकस्टिक ब्यान्डले प्रस्तुति दिनेछ ।

अतिथिलाई अगाडि नै बुकिङ गर्न आग्रह गरिएको छ । होटलले सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्